Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पन्ध्र वर्षपछि काजकिरिया - Himalkhabar.com

थप समाचारशनिबार, भाद्र २६, २०७२

पन्ध्र वर्षपछि काजकिरिया

हिमालखबर

‘जनयुद्ध’ का बेला पार्टीको नीति भन्दै आफन्तको मृत्यु संस्कार नगरेका एमाओवादी नेता–कार्यकर्ता अहिले परम्परा भन्दै तीनै आफन्तको मृत्यु संस्कार गर्दैछन् ।

narendra

भाईको मृत्यु भएको १४ वर्षपछि किरिया बसेका नरेन्द्र शर्मा । तस्वीर: यज्ञराज थापा

यज्ञराज थापा, दैलेखबाट
दैलेखको नारायण नगरपालिका–६ खुर्सानीवारीका शशीराम शर्माको २०५८ सालमा मृत्यु भयो ।

पूर्णकालीन माओवादी कार्यकर्ता शशीरामको भूमिगत रहेकै बेला मृत्यु भएकाले उनको अन्त्येष्टि पार्टीले नै गर्‍यो । काजक्रिया र पाठपूजालाई निषेध गरेको पार्टीले सदगत् गर्दा परम्परा पछ्याउने कुरै भएन । परिवारले चाहे पनि उतीबेला पार्टीको हुकुम विरुद्ध जाने कसको साहस ।

छोराको मृत्युको १३ वर्षपछि २०७१ मा बाबु देवीराम जैसीको पनि मृत्यु भयो । यतीबेलासम्म माओवादीको रापताप सिद्धिसकेको थियो । बुवाको अन्तिम संस्कार र काजक्रिया शशीरामका दाजु नरेन्द्रले परम्परा अनुसार नै गरे ।

वुवाको मृत्यु भएको एकवर्ष पुगेको र बुवाको पनि इच्छा भएकाले घरपरिवारको सल्लाहमा १४ वर्षअघि मृत्यु भएका भाई शशीरामको दाजु नरेन्द्रले २४ भदौमा कुशको प्रतिकात्मक शव बनाई दाहसंस्कार गरे ।

घर परिवारले कुशको प्रतिकात्मक शवलाई एकोहोरो शंख फुक्दै स्थानीय खोला किनारमा लगेर जलाए, हिन्दू परम्परा अनुसार । १४ वर्षपछि दाजु कपाल खौरेर चोखो निधो गर्दै भाईको किरियामा छन् ।

यता एमाओवादीका पूर्व जिल्ला ईन्चार्ज थिरवहादुर कार्कीले द्वनद्वको समयमा मृत्यु भएका आफ्ना बुवाको पनि केही समयअघि काजक्रिया सम्पन्न गरेका छन् ।

उनी भन्छन, “त्यसबेला पार्टीले दिंदैनथ्यो, अहिले सामाज र परम्परालाई छोड्न सकिएन ।”

‘जनयुद्ध’ का बेला माओवादीले आफ्ना नेता–कार्यकर्तालाई मात्रै नभई सर्वसाधारणलाई पनि काजक्रिया गर्न दिएनन् । कतिपयलाई किरिया बसेकै बेला अपहरण गरे कसैको त हत्या नै गरे ।

२०५७ सालमा बाबुको मृत्यु भएपछि नेपाली कांग्रेसका नेता मणिराम रेग्मी किरिया वसेका थिए । ११ औं दिनमा हतियारसहितको माओवादी जत्था घरमा पुगी रेग्मीलाई नियन्त्रणमा लिए । किरिया वसिरहेको र चोख्याउन एकदिन मात्रै बाँकी रहेको भन्दै विन्तीभाउ गर्दा पनि बन्दुकधारीहरुले मानेनन् । आफ्नो पार्टीको नीति विपरित गएको भन्दै रेग्मीलाई अपहरण गरी ३२ दिनसम्म बन्धक बनाए ।

पछिल्लो समयमा माओवादीको रापताप सकिएपछि उतीबेला आफन्तको मृत्यु संस्कार, काजक्रिया गर्न नपाएका धेरैले अहिले गर्दैछन् । त्यसमा उसबेलाका माओवादी नेता कार्यकर्ता नै धेरै छन् ।

गैरसरकारी संस्था महासंघ दैलेखका पूर्व अध्यक्ष दीपक शाही सामाजिक परम्परा र मान्यता विरुद्ध गएका माओवादीलाई अहिले समाजमा घुलमिल हुन गाह्रोसँगै पछुतो पनि भएको बताउँछन् ।

नारायण क्याम्पसका प्रमुख दिपेन्द्र थापाका अनुसार उसबेला पढेको ‘रातो किताब’मा लेखिएका कुरा ब्यवहारभन्दा निकै फरक रहेको माओवादी कार्यकर्ताहरुले बुझ्न थालेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>