समाचारशनिबार, भाद्र २६, २०७२

थरुहटले बनायो वार्ता समिति

हिमालखबर

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले प्रमुख तीन दलसँग वार्ताका लागि तीन सदस्यीय टोली गठन गरेको छ।

२६ भदौमा काठमाडौंमा बसेको समितिको बैठकले अनौपचारीक वार्ताका लागि (वार्ताको वातावरण बनाउन) भन्दै अमनलाल मोदी, राजकुमार लेखी र मिनराज चौधरी सम्मिलित तीन सदस्यीय टोली गठन गरेको हो ।

तीन दलले संविधान निर्माणको जारी प्रक्रिया स्थगन गरी वार्ताका लागि आह्वान गर्नु सकारात्मक भन्दै मोदीले आफ्ना ७ बुँदे पूर्वशर्त कायमै रहेको र त्यसबारे सत्तारुढ दलहरुसँग छलफल हुने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>