समाचारआइतबार, भाद्र २७, २०७२
संविधान निर्माण प्रक्रिया अघि बढाउने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले ‘वार्ताको ढोका खुलै राखेर’ संविधान निर्माण प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।
२७ भदौ विहान बसेको कांग्रेस पदाधिकारी बैठकले असन्तुष्ट दलसँग वार्ताको ढोका खुलै राखेर प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो ।
कांग्रेस संसदीय दलले समेत आफ्ना सभासदहरुलाई संविधानसभा बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिइसकेको छ ।
“प्रक्रिया स्थगित गरेर वार्ताका लागि बोलाउँदा समेत वार्ता शुरु हुन सकेन, त्यसैले वार्ताको ढोका खुलै राखेर प्रक्रिया अघि बढाउने निर्णय भएको छ,” कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले भने ।
आज साढे ११ बजे बोलाइएको संविधानसभा बैठक अब केही बेरमा शुरु हुँदैछ । अहिलेसम्म बैठकको कार्यतालिकामा संशोधन प्रस्तावमाथि छलफल हुने उल्लेख छ ।
उता सत्तारुढ एमालेले पनि संविधान निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
