थप समाचारआइतबार, भाद्र २७, २०७२

पार्टीको अजेन्डाभन्दा देश ठूलोः थापा

हिमालखबर

kamal-thapaराप्रपा नेपालका अध्यक्ष कमल थापाले फरक मत राखेरै भए पनि संविधान निर्माण प्रक्रियालाई सहयोग गर्ने बताएका छन् ।

संविधानसभाको जारी बैठकमा बोल्दै अध्यक्ष थापाले अहिले संविधान निर्माण नै प्रमुख कुरा भएकाले पार्टीका फरक अजेण्डालाई थाति राखेरै भए पनि संविधान निर्माणमा सहयोग पुर्‍याउने बताए ।

उनले भने, “देशभन्दा हाम्रो अजेन्डा ठूलो होइन, संविधानमा त फेरि संशोधन गर्न सकिन्छ ।”

राप्रपा नेपालले आफ्नो फरक मत संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाइसकेको छ ।

संविधानसभाको बैठकमा आज दलका नेताहरुले बोलिसकेपछि विधेयकमाथि मतदानको प्रक्रिया शुरु गर्ने तयारी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...