थप समाचारआइतबार, भाद्र २७, २०७२

‘संविधानसभाबाट बन्ने संविधान अन्तर्राष्ट्रिय जगतले पनि मान्नुपर्छ’

हिमालखबर

ca buildingसंविधानसभाबाट बन्ने संविधानलाई अन्तर्राष्ट्रिय जगतले पनि समर्थन गर्नुपर्ने प्रमुख दलका शीर्ष नेताहरुले बताएका छन् ।

नयाँ संविधानको अन्तिम परिमार्जित विधेयकमाथि सम्बोधन गर्दै नेताहरुले ऐतिहासिक आन्दोलनहरुले प्राप्त गरेको परिवर्तन संस्थागत गर्ने संविधान बनेको दावी गरे ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले विभिन्न पार्टीको सहभागिता रहेको संविधानसभाले बनाएको संविधान सबैका साझा दस्तावेज भएको बताए । उनले भने, “सार्वभौम देशको संविधानसभाले बनाएको संविधानलाई सवैले समर्थन गर्नुपर्छ ।”

प्रधानमन्त्री कोइरालाले मित्र राष्ट्रहरुले संविधानसभाबाट बन्ने संविधान स्वीकार्ने बताएको उल्लेख गरे ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र, संघीयता र समानुपातिक/समावेशी सिद्धान्तलाई स्वीकार गर्ने संविधानलाई वैधानिकता दिनुपर्ने बताए । उनले भने, “यो ऐतिहासिक परिवर्तनलाई मित्र राष्ट्रहरुले पनि सकारात्मक रुपमा लिनुपर्छ ।”

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनताको ऐतिहासिक संघर्षबाट प्राप्त उपलब्धी संस्थागत गर्न संविधानसभाबाट संविधान ल्याउनुपर्ने बताए । उनले भने, “भारत, चीन, अमेरिकामा संविधान बन्दै गर्दाको अवस्थामा के भएको थियो ?”

दाहालले सार्वभौम नेपाली जनताको प्रतिनीधित्व गर्ने संविधानसभा आफ्नो निर्णय गर्न सक्षम रहेको बताए । उनले भने, “नेपालको निर्णय नेपाली नेताहरुले गर्न सक्दैनन् भन्ने देखाउन खोजिएको छ, यसबाट हामी सचेत छौं ।”

दफावार छलफलको अन्तिम छलफलमा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले स्वतन्त्र, जनताको सार्वभौमिकता र अखण्डता बाहेक अरु विषय परिवर्तनीय भएकाले संविधान निर्माणमा अवरोध नजाउन आग्रह गरे । उनले भने, “संविधान देशको गतिलाई बोक्ने प्रकृतिको छ, यसलाई संशोधन गर्न सकिन्छ । आन्दोलनरत पक्ष वार्तामा आउनुपर्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>