थप समाचारआइतबार, भाद्र २७, २०७२

कांग्रेसको सप्तरी कार्यालयमा आगजनी

हिमालखबर

तस्वीर: श्रवणकुमार देव

तस्वीर: श्रवणकुमार देव

आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताले नेपाली कांग्रेस सप्तरीको राजविरास्थित कार्यालयमा आगजनी गरेका छन् ।

२७ भदौ राति करिब ७ बजे मधेशी मोर्चाका कार्यकर्ताहरु कार्यालयमा पसेर आगजनी गरेका हुन् ।

कार्यालयको ताला तोडेर भित्र पसेका मोर्चा कार्यकर्ताहरुले भित्र रहेका फर्निचरहरु बाहिर ल्याएर आगजनी गर्दै कोठामा समेत आगो लगाएका छन् ।

प्रदर्शनकारीले पार्टीको बोर्ड र झण्डा पनि जलाएका छन् ।

आगजनीबाट कार्यालय फर्निचर, कागजपत्र नष्ट भए पनि कार्यालय भवनमा भने ठूलो क्षति भएको छैन ।

आगोलागेको खबर प्राप्त भएपछि आएको प्रहरीले एक राउण्ड हवाई फायर तथा दुई राउण्ड अश्रु ग्यास प्रहार गरी आगजनी गर्नेहरुलाई लखेटेको थियो ।
श्रवणकुृमार देव, सप्तरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...