समाचारसोमबार, भाद्र २८, २०७२
५७ वटा धारा र ९ अनुसूची पारित
नयाँ संविधानकाे विधेयकमा परेकाे संशाेधन प्रस्तावमाथि दाेस्राे दिनकाे मतदान सकिएकाे छ ।
तीन वटा धारा पहिलाे दिन पारित भएकाेमा दाेस्राे दिन ५७ धारा ९ अनुसूची पारित गरेकाे छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले तेस्राे दिनकाे मतदान कार्यका लागि २९ भदाै विहान १० बजेका लागि बैठक स्थगित गरेका छन् ।
अन्तिम विधेयकमाथि परेकाे संशाेधन प्रस्ताव पारित गरिसकेपछि ३ असाेजमा नयाँ संविधान जारी गर्ने तयारी संविधानसभाले जनाएकाे छ ।
……………………….
अहिलेसम्म संविधानकाे धारा ५५ सम्म दुई तिहाई मतबाट पारित भएकाे छ ।
दिउँसाे ४ः३० बजेसम्म संविधानसभाले नयाँ संविधानकाे धारा ३७ सम्म दुई तिहाई मतले पारित गरेकाे छ । साँझ ५ बजेसम्मलाई बैठक स्थगित गरिएकाे छ ।
…………………………….
संविधानकाे धारा २९ दुई तिहाई मतले पारित भएकाे छ ।
याे धारामा चार वटा संशाेधन प्रस्ताव पेश भएकाे थियाे । सभासदहरु गाेपाल दहित, विसेन्द्र पासवान, रामकुमार राई र श्यामकुमार श्रेष्ठले संशाेधन प्रस्ताव पेश गरेका थिए ।
………………….
नयाँ संविधानकाे धारा २७ दुई तिहाई मतले पारित ।
………………….
दिउँसाे ३ः४५ बजेसम्म संविधानकाे २५ वटा धारा दुई तिहाई बहुमतले पारित भएकाे छ । पारित भएकाे सबै संशाेधन नेपाली कांग्रेस, नेकपा एमाले र एमाअाेवादीले पेश गरेका हुन् ।
……………………………….
संविधानसभाले नयाँ संविधानकाे धारा ११ सम्म पारित भएकाे छ । यी सवै धाराहरु प्रमुख तीन दलले पेश गरेकाे संशाेधन प्रस्ताव पारित भएकाे छ ।
……………………………
संविधानसभाले नयाँ संविधानकाे भाग–१ का ९ वटै धारा सर्वसहमतिले पारित गरिसकेकाे छ ।
……………………………
संविधान मस्यौदा समितिले तयार पारेको अन्तिम विधेयकमा परेको संशोधन प्रस्तावमाथि संविधानसभामा दोस्रो दिन मतदान प्रक्रिया शुरु भएको छ ।
पहिलो दिन संविधानको ३ वटा धारा पारित गरेको संविधानसभाको बैठक २८ भदौ विहान ११ बजे बोलाइएको थियो । तर, आधा घण्टा ढिलोगरी मतदान प्रक्रिया शुरु भएको छ ।
मतदान प्रक्रियाका लागि मधेश केन्द्रित दलका ६४ सभासद बाहेक सवै संविधानसभामा पुगेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका छन् भने अन्य साना पार्टी तथा व्यक्तिगत संशोधन प्रस्ताव पेश भएका छन् ।