समाचारसोमबार, भाद्र २८, २०७२
संविधानसभा बैठक बहिष्कार गरेका कांग्रेस सभासदहरु आन्दोलनमा जाने
मधेशबाट प्रतिनीधित्व गर्ने नेपाली कांग्रेसका पाँच जना सभासदले संविधानसभा बैठक बहिष्कार गरेका छन् ।
सभासदहरु सुरेन्द्रप्रसाद चौधरी, अमरेशकुमार सिंह, रामअयोध्या यादव, दिनेश परसैला र तेजुलाल चौधरी छन् । जारी संशोधन विधेयकमाथिको मतदान प्रक्रियामा उनीहरु सहभागी छैनन् ।
संविधान निर्माण प्रक्रिया बहिष्कार गरेका सभासद सुरेन्द्रप्रसाद चौधरी संविधानसभा बैठक बहिष्कार गरेकाले आन्दोलनमा जाने बताए । उनले हिमालखबरसँग भने, “थारु/मधेश आन्दोलनमा हामी सहभागी बन्दै आएका छौं, अव आन्दोलनबाटै निर्णय हुन्छ ।”
चौधरीले मधेशी र थारु समुदायले उठाएको अजेण्डा संविधानसभाले सम्बोधन नगरेकाले बैठक बहिष्कार गरेको बताए । उनले भने, “संविधान निर्माण प्रक्रियामा सहभागी हुन्नौं, पार्टीले के गर्नसक्छ गरे हुन्छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
