थप समाचारसोमबार, भाद्र २८, २०७२

कारागारभित्र कैदीबन्दीबीच झडप, ६ जना घाइते

हिमालखबर

unnamedपाँचथर जिल्ला कारागारमा कैदीबन्दीबीच झडप हुँदा ६ जना घाइते भएका छन् ।

झडपमा चौकीदार टेकनाथ रिजाल पनि घाइते भएको कारागार प्रशासनले जनाएको छ ।

चौकीदार रिजाल र कैदीहरुबीच भनाभनपछि झडप भएको थियो । विवादबारे चाँही खुल्न नसकेको कारागार प्रमुख सिर्जना लुँइटेलले बताइन् ।

उनका अनुसार २८ भदौ दिउँसो कारागार २ नम्बर कोठामा झडप भएको थियो । घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी पुरुषोतम घिमिरेले बताए ।

-लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...