थप समाचारसोमबार, भाद्र २८, २०७२

अान्दाेलनकारीले स्कूल बसमा आगाे लगाए

हिमालखबर

unnamedनवलपरासीको परासीमा आन्दोलनकारीले विद्यालय बसमा आगजनी गरेका छन् ।

आन्दोलनकारीले परासीको लिटल एन्जल्स उच्च माध्यमिक विद्यालयको लु १ क ९५६ नम्बरको बसमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । आगजनीबाट बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

बेलासपुरमा बन्दका कारण एक महिनादेखि रोकिराखेको बस विद्यालय खुलेपछि आन्दोलनकारीसँग अनुमति लिएर सञ्चालन गर्न थालिएको भएपनि आन्दोलनकारी कै अर्को समूहले बसमा आगजनी गरेको विद्यालय स्रोतले बताएको छ ।

बेलासपुरबाट आएको बसलाई दुई जनाको समूहमा आएका आन्दोलनकारीले रामग्राम नगरपालिका ४ मा जलाइदिएका हुन् । आन्दोलनकारीले परासी क्षेत्रमा विहान विद्यालय खोल्न र साँझ बजार खोल्न सहमत भएका थिए ।

-विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...