समाचारसोमबार, भाद्र २८, २०७२

संयुक्त मधेशी मोर्चाका नेताहरु पक्राउ

हिमालखबर

संयुक्त मधेशी मोर्चामा आवद्ध दलका केन्द्र तथा जिल्ला तहका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

२७ भदौ दिउँसो पाँच जना नेतालाई पक्राऊ गरिएको प्रहरीले जनाएको छ । संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्यद्वय रामेश्वर यादव र राम कशोर यादव, फोरम लोकतान्त्रिकका अजय गुप्ता, तराई–मधेश लोकतान्त्रिक पार्टीका नेता अनिल सिंह, सदभावना पार्टी जिल्ला अध्यक्ष शेष जमसेदलगायत पक्राउ परेका छन् ।

उनीहरुलाई गौर नगरपालिकाको कार्यालय छेऊबाट चिया खाइरहेको अवस्थामा पक्राउ गरिएको हो । रौतहटका प्रहरी प्रमुख प्रधुम्न कार्की अनुसार आन्दोलनका नाममा हिंसात्मक गतिविधि हुन थालेपछि पक्राउ गरिएका हुन् ।

एसपी कार्कीले हिमालखबरसँग भने, “सांघातिक हमला, प्रहरीमाथि आक्रमण, गोली चलाउनेजस्ता हिंसात्मक गतिविधि हुन थालेपछि पक्राउ गरिएको हो ।”

यता, वीरगन्जमा दंगाग्रस्त क्षेत्रको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका भन्दै मोर्चाका २५ आन्दोलनकारीलाई पक्राउ गरिएको छ ।

संघीय समावेशी मधेशी मोर्चाका आन्दोलन परिचालन समितिका संयोजक एवम् मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका पर्सा अध्यक्ष शशीकपुर मियाँको नेतृत्वमा निस्किएको प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

-सुरेश बिडारी, बीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>