समाचारसोमबार, भाद्र २८, २०७२

वार्तामा बस्न तयारः अध्यक्ष महतो

हिमालखबर

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले वातावरण बनाए वार्तामा बस्न तयार रहेको बताएका छन् ।

महोत्तरी पुगेका महतोले पत्रकारसँग भने, “हामी वार्ताको विरोधी होइन, सरकारले वातावरण बनाए वार्तामा बस्न तयार छौं ।”

उनले पूर्व सम्झौताहरु कार्यान्वन, सेना र निषेधाज्ञा फिर्ता भए वार्ता गर्न तयार रहेको बताए । महतोले भने, “मधेशको कुनै भूगोलमा वार्तामा बस्न तयार छौं ।”

उनले गोली र निषेधाज्ञाले समस्या समाधान नहुने र जनताको अधिकार खोस्नेको पतन हुने बताए । मधेशको लडाई अधिकार प्राप्त नहुन्जेलसम्म जारी रहने बताए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>