थप समाचारसोमबार, भाद्र २८, २०७२
संविधान जारी गर्न अखिलको दबाव
एमालेको जनवर्गीय संगठन अनेरास्ववियुले संविधान निर्माण प्रक्रिया नरोकी संविधान जारी गर्न दबाव र्याली प्रदर्शन गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपबाट दबाव र्याली निकालिएको थियो । सामाजिक सद्भाव कायम राख्दै संविधानसभाबाट संविधान जारी गर्नुपर्ने अखिलले माग राखेको थियो ।
अनेरास्ववियुका सचिव राधिका खतिवडाका अनुसार संविधान जारी नभएसम्म लगातार दबाव र्याली निकालिने भएको छ । उनले २९ भदौबाट बबरमहलमा धर्ना शुरु गर्ने बताइन् । संविधानसभामा अहिले संशोधन प्रस्तावमाथि मतदान प्रक्रिया जारी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>