समाचारमंगलबार, भाद्र २९, २०७२
बर्दियामा बन्द–हडताल दुई दिन फिर्ता
आन्दोलनरत थरुहट संघर्ष समिति बर्दियाले जिल्ला बन्द दुई दिनका लागि फिर्ता लिएको छ । यसअघि पनि २१ देखी २६ भदौसम्म जिल्ला खुला गरिएको थियो ।
तीज पर्वलाई ध्यानमा राखी दुई दिन २९ र ३० भदौमा बन्द हडताल फिर्ता गरिएको संघर्ष समिति बर्दियाका अध्यक्ष गोविन्द प्रसाद थारुले जानकारी दिए ।
समितिले दुई दिन कार्यकर्ता सडकमा उत्रने, प्रदर्शन गर्ने जस्ता कार्य नभए पनि गाउँगाउँमा पूर्वघोषित सभाहरु भने हुने बताए ।
यसअघि थरुहटले रक्षाबन्धनमा २ दिन, कृष्णाष्टमीमा २ दिन बन्द फिर्ता लिएको भने जनजीवन कष्टकर भएको गुनासो बढ्न थालेपछि २२ देखि २६ भदौसम्म ५ दिन बन्द फिर्ता लिएको थियो ।
पछिल्लो पटक २६ भदौदेखि गरिएको बन्दको भने जिल्लामा खासै प्रभाव परेको थिएन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>