थप समाचारमंगलबार, भाद्र २९, २०७२

संविधानसभा बैठक एक घण्टा स्थगित, सयवटा धारा पारित

हिमालखबर

संविधानसभाको जारी बैठक नेपालको संविधान–२०७२ को सयवटा धारा पारित गरेपछि एक घण्टाका लागि स्थगित भएको छ ।

ध्वनीमतबाट धाराहरु धमाधम पास गराउँदै सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले नियमअनुसार एकोहोरो ‘माननीय सदस्य… भन्नुहोला’ भन्ने वाक्य दोहोर्‍याइँरहदा पट्यार लाग्दो बन्न पुगेको संविधानसभा बैठक नयाँ संविधान चाँडै पाउने विश्वासले गर्दा भने उत्साहित नै छ ।

१ घण्टाका लागि स्थगित भएको बैठक २ः३० बजे पुनः बस्ने कार्यक्रम छ । संविधानसभामा मतदान २७ भदौदेखि शुरु भएको हो ।

संविधानमा २९७ धारा, प्रस्तावना र अनुसूचिहरु छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>