Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दङ्गाग्रस्त क्षेत्रको अवज्ञा गर्ने कांग्रेसका कार्यकर्ता पक्राउ - Himalkhabar.com

थप समाचारमंगलबार, भाद्र २९, २०७२

दङ्गाग्रस्त क्षेत्रको अवज्ञा गर्ने कांग्रेसका कार्यकर्ता पक्राउ

हिमालखबर

12021796_777757019001378_296911025_nमधेशमा जारी आन्दोलनको समर्थन गर्दै दङ्गाग्रस्त क्षेत्रको अवज्ञा गरेपछि नेपाली कांग्रेसका १४ कार्यकर्ता वीरगञ्जबाट पक्राउ परेका छन् ।

नेपाली कांग्रेस वीरगञ्ज नगर कार्य समितिका सभापतिसहितलाई प्रहरीले घण्टाघरबाट पक्राउ गरेको छ । दंगाग्रस्त क्षेत्रमा र्‍याली निकाल्ने सभापति महम्मद सहाबुद्दीन, उपसभापति परमानन्द साह कानु, नगरसचिव मनोहर साह, नेविसंघ पर्साका अध्यक्ष सन्तोषकुमार गुप्ता, हरेन्द्र यादव, चाँदबाबु हुसैन, सुबोध गुप्ता, पवनकुमार सर्राफ, दिनेश प्रसाद गुप्ता, विजेन्द्र प्रसाद चौरसिया, मम्ताज अन्सारी, दिपक देवान, रबिन्द्र ठाकुरलगायतलाई प्रहरीले पक्राउ गरेको हो ।

माईस्थानबाट निकालिएको र्‍याली घण्टाघर चोकमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । दंगाग्रस्त क्षेत्रमा प्रदर्शन गरेकोले उनीहरुलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरीक्षक यादव घर्तीले जानकारी दिए । नियन्त्रणमा लिएका सबैलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

-सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>