समाचारमंगलबार, भाद्र २९, २०७२

३ असोजमा संविधान जारी गर्ने संविधानसभाको निर्णय

हिमालखबर

नेपालको संविधान–२०७२, आगामी ३ असोज साँझ ५ बजे जारी गर्ने संविधानसभाले निर्णय गरेको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले गरेको यो प्रस्तावलाई नेकपा एमालेका प्रमुख सचेतक अग्नी खरेल र एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले समर्थन गरेका थिए ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले यो प्रस्तावलाई निर्णयार्थ संविधानसभामा पेश गरेका थिए । सभाले ३ असोजमा संविधान जारी गर्ने निर्णय सर्वसहमतिले पारित गरेको छ ।

संविधानसभाकाे ३ असाेजमा बस्ने बैठकलाई नै विशेष समाराेहमा परिणत गरी राष्ट्रपतिले संविधान जारी गर्ने प्रस्ताव पारित भएकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>