थप समाचारमंगलबार, भाद्र २९, २०७२

जनकपुरमा प्रहरीको गोलीबाट मृत्यु भएका तीन जनाको अन्त्येष्टि

हिमालखबर

janakpur२५ भदौमा प्रहरीको गोली लागेर मृत्यु भएका तीनजनाको जनकपुरमा अन्त्येष्टि गरिएको छ ।

जनकपुरको बाह्रविघा मैदानबाट निकालिएको शवयात्रा जानकी मन्दिर, शिव चौक, भानु चौक, मिल्स एरिया, पिडारी चौक हुँदै मुजेलिया पुगेर अन्त्येष्टि गरिएको हो ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो जनकपुर अञ्चल अस्पताल पुगेर मृतकहरुलाई श्रद्धाञ्जली दिएर जलेश्वर फर्किएका छन् ।

शवयात्रामा तमलोपा उपाध्यक्ष वृषेश चन्द्र लाल, सभासद डाक्टर विजय कुमार सिंह, संघीय समाजवादी फोरम नेपालका धनुषा अध्यक्ष शेष नारायण यादव, सद्भावनाका केन्द्रीय सदस्य लालकिशोर साह लगायतको उपस्थिति थियो ।

२५ भदौमा प्रहरीको गोलीबाट जनकपुरको मिल्स एरियामा ३४ वर्षीय सञ्जयकुमार चौधरी र १५ वर्षीय निकु यादव, पिडारी चोकमा १३ वर्षीय दीलीप यादवको मृत्यु भएको थियो ।

यसैबीच स्थानीय प्रशासनले कर्फ्यू  तथा दंगाग्रस्त क्षेत्र घोषणा समेत हटाएको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अहिले जनकपुरको अवस्थासमान्य रहेको र चाडपर्व तथा सर्वसधारणको सुविधालाई ध्यानमा राखी कफर््यू तथा दंगाग्रस्त क्षेत्र हटाएको बताए ।

कफर््यू र दंगाग्रस्त क्षेत्र हटेपछि सर्वसधारणले राहत महसुस गरेका छन् ।

बुधबार तराईमा मनाईने चौठी चन्द्र पर्व समेत परेकोले कफर््यू र दंगाग्रस्त क्षेत्र हटाईएको प्रजिअ पराजुलीले जनाए ।
ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>