समाचारबुधबार, भाद्र ३०, २०७२

कपिलवस्तुः दुई प्रहरी चौकीमा आगो लगाइयो

हिमालखबर

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले कपिलवस्तुका दुई वटा प्रहरी चौकीमा आगो लगाएका छन् ।

उनीहरुले २९ भदौ राति लबनी र विजुवाका अस्थायी प्रहरी चौकीमा आगजनी गरेका हुन् ।

लवनी गाविस स्थित अस्थायी प्रहरी चौकीमा ठूलो संख्यामा आएका प्रदर्शनकारीले आगजनी गरेपछि अस्थायी प्रहरी चौकी र त्यहाँ रहेका मोटरसाइकलसहित सामानहरु ध्वस्त भएको प्रहरी उपरीक्षक विक्रम गुरुङले बताए ।

त्यस्तै उनीहरुले चौकीमा रहेको ग्यास सिलिण्डर, ग्यास चुल्हो लगायतका सामानहरु भने लुटेर लगेको प्रहरीले जनाएको छ ।

रुपन्देहीको वेथरीमा मोर्चाको कार्यकर्ता माथि भएको गोली प्रहारको विरोध स्वरुप आगजनी गरिएको मोर्चाका एक नेताले बताए ।

अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरिक्षकको कमाण्डमा १० जनाको प्रहरीको टोली थियो ।

चौकीमा आगजनी भएपछि सो टोलीलाई नजिकैको ईलाका प्रहरी कार्यालय पकडीमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसै गरी आगलागीबाट बिजुवा प्रहरी चौकीका सबै सामान जलेर नष्ट भएको छ । आगजनीबाट सँगै रहेको गाविस कार्यालयमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगजनीपछि विजुवा प्रहरी चौकीका ८ जना प्रहरीलाई सीमा प्रहरी चौकी चाकरचौडामा लगिएको प्रहरी उपरीक्षक गुरुङले बताए ।
गोपाल भण्डारी, कपिलवस्तु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>