समाचारबुधबार, भाद्र ३०, २०७२
रौतहटको वन रेन्जपोष्टमा आगजनी
रौतहट इलाका वन कार्यालयको जंगलशैया रेन्जपोष्टमा पेट्रोल बम प्रहार भएको छ ।
रेन्जपोष्टमा आगो लाग्दा दुईवटा मोटरसाइकल र सम्पूर्ण कागजात जलेर नष्ट भएका छन् ।
२९ भदौ राति पोष्टका कर्मचारी सुतिरहेका बेला अपरिचित व्यक्तिहरुले बाहिरबाट ढोकाको चुकुल बन्द गरी आगजनी गरेको जंगलशैया साझेदारी वनका अध्यक्ष रामचन्द्र गिरीले बताए ।
आगो लागेपछि रेन्जपोष्टमा रहेका कर्मचारीहरु शेष खैहरुन र नन्दलाल यादव कार्यालयको पछाडिपट्टीको ढोका फोडेर भागेकोले बाँचेका छन् ।
अज्ञात समूहले पेट्रोलबम प्रहार गरेर आगजनी गरेको रौतहट प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।
सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
