समाचारबुधबार, भाद्र ३०, २०७२

सुनसरीमा विष्फोटक पदार्थ, गोलीगठ्ठा र दस्तावेज बरामद

हिमालखबर

सुनसरीको एक घरबाट कटुवा पेस्तोल, गोली, विष्फोटक पदार्थ र सिके राउतसम्बद्ध दस्तावेज बरामद भएको छ ।

ती सामग्री भोक्राहा–६ बस्ने देवराम यादवको घरबाट बरामद भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

गोप्य सूचनाको आधारमा प्रहरीले २९ भदौमा यादवको घरमा छापा मार्दा एक थान नलकटुवा पेस्तोल, दुई राउन्ड गोली, एकथान सकेट बम, जिआइ पाइपको टुक्राका साथै बिजुलीका तारका टुक्रा फेलापरेका छन् ।

सो घरबाट ‘अधुरो मधेश यात्रा’, ‘सङ्घीय नेपाल स्वायत्त मधेस प्रदेश’ नामक पाँच थान पुस्तक, मधेशको एकथान नक्सा, ‘मधेश अपना देश’ लेखिएको व्यानर र सिके राउतको तस्वीरसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीको संयुक्त टोलीले छापा मारेको थियो ।

घरधनी यादव फरार भएकाले उनको खोजी भइरहेको बताइएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>