समाचारबुधबार, भाद्र ३०, २०७२
७० वर्षदेखिको जनचाहना पुरा हुँदै: दाहाल
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ३ असोजमा संविधान जारी भएपछि आफ्नो ध्यान पार्टीलाई सुदृढ गर्नमा लाग्नेतर्फ केन्द्रित हुने बताएका छन् ।
एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा ३० भदौमा स्वर्गीय नेता पोष्टबहादुर बोगटीको पहिलो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले नेपाली जनताको आफ्ना प्रतिनिधिमार्फत संविधान लेख्ने विगत ७० वर्षदेखिको चाहना पूरा हुन लागेको बताए ।
उनले संविधान लेखन प्रक्रियाले पूर्णता पाएपछि पार्टीलाई एकीकृत र केन्द्रीकृत गर्ने अभियानमा पार्टीको सम्पूर्ण शक्ति लाग्ने बताउँदै हाल प्राप्त भएको उपलब्धीमा टेकेर थप उपलब्धीका लागि सङ्घर्ष गर्नेमा जोड दिए ।
लामो समयदेखि संविधान लेखन प्रक्रियामा लाग्दा अन्य महत्वपूर्ण विषय छुटेको भन्दै उनले आगामी दिनमा जनताको एजेण्डामा झन् प्रतिबद्ध भएर लाग्ने विचार व्यक्त गरे ।
अध्यक्ष दाहालले नेपाली राजनीतिक नेतृत्वमा इमान्दारी र नैतिकताको खडेरी परेका बेला स्वर्गीय नेता बोगटीले देखाएको मार्गलाई आत्मसात् गर्दै अगाडि बढ्नु नै महत्वपूर्ण कार्यभार भएको बताएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
