समाचारबुधबार, भाद्र ३०, २०७२

पुनःनिर्माण प्राधिकरण सम्बन्धी विधेयक पारित

हिमालखबर

३० भदौ दिउँसो बसेको व्यवस्थापिका संसद बैठकले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण सम्बन्धी विधेयक– २०७२ पारित गरेको छ ।

२९ भदौ साँझ ७ बजेपछि बसेको बैठकमा विधेयक प्रस्तुत भए पनि बैठकमा कोरम –कुल संसद संख्याको एक चौथाईको उपस्थिति) नपुगेपछि बैठक नै स्थगित भएको थियो ।

भूकम्पका कारण ध्वस्त भएको सरकारी तथा निजी भौतिक संरचना पुर्ननिर्माणका लागि सरकारले गत ८ असारमा प्राधिकरण गठन अध्यादेश जारी गरेको थियो।

अध्यदेश जारी भइसकेपछि संसद अधिवेशन शुरु भएको ६० दिनभित्र संसदबाट प्रतिस्थापन विधेयक पारित गर्नु पर्ने संवैधिनक व्यवस्था भए पनि सरकारको कमजोरी र एमाओवादीको अड्कोका कारण विधेयक संसदमा पेश हुन नसक्दा प्राधिकरणका पदाधिकारीको बैधानिकतामाथि नै प्रश्न उठेको थियो।

तर पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षबीच भएको वार्ता र सहमति पश्चात सरकारले बैठकमा उक्त विधेयक पेश गरेको थियो।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>