थप समाचारबुधबार, भाद्र ३०, २०७२
तमलोपाका महामन्त्री सोनल विरुद्ध अपराध मुद्दा दर्ता
सवारी साधनमा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेका तमलोपाका महामन्त्री जितेन्द्र सोनल विरुद्ध बारा प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरेको छ ।
२९ भदौंमा पक्राउ परेका सोनल र बारा जिल्ला अध्यक्ष नवलकिशोर सिंहलाई सार्वजनिक अपराध मुद्दा दर्ता गरेको हो ।
३० भदौमा मुद्दा दता गर्दै प्रहरीले अनुसन्धान गर्न १५ दिन हिरासतमा राख्न अनुमति समेत लिइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक पुरुषोत्तम खडकाले बताए ।
सोनल र सिंहलाई इलाका प्रहरी कार्यालय सिमरामै राखिएको छ । बाराको लिपनीमाल–९ चैनपुर मेनरोडमा पार्किङ गरी राखिएको ट्रकमा तोडफोड तथा आगजनि गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको थियो ।
–सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>