समाचारबुधबार, भाद्र ३०, २०७२

प्रधानमन्त्री नआएपछि अनशन तोडिएन, कानूनमन्त्रीको गाडीमा ढुंगा प्रहार

हिमालखबर

1pहिन्दूराष्ट्र कायम गर्ने लगायतका सातसूत्रीय माग राखेर काठमाडौंको खुलामञ्चमा आमरण अनसन वसिरहेका तीन युवाहरुले आज दिउँसो अनशन तोड्ने कार्यक्रम सफल हुन सकेन ।

अनशन तोडाउनका लागि प्रधानमन्त्री सुशील कोइराला उपस्थित हुने पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री नआई कानून मन्त्री नरहरी आचार्य अनशन तोडाउन पुगेपछि १७ दिनदेखि अनशनरत उनीहरुले अनशन नतोडेका हुन् ।

अनशनस्थलमा कानूनमन्त्री नरहरी आचार्य पुगेपछि उनीहरुका समर्थकले होहल्ला गर्दै प्रधानमन्त्री नै उपस्थित हुनु पर्ने माग गरेपछि मन्त्री आचार्य फर्केका थिए ।

त्यसैक्रममा कानूनमन्त्री सवार बा ३ झ ७९० नं. को गाडीमा ढुंगा प्रहार समेत भएको छ । अहिले खुलामञ्चको स्थिति तनावग्रस्त बनेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>