समाचारबुधबार, भाद्र ३०, २०७२

सबै धारा र प्रस्तावना पारित

हिमालखबर

संविधानको परिमार्जित विधेयक–२०७२ का सबै धारा र प्रस्तावना संविधानसभाको जारी बैठकले दुई तिहाई बहुमतले पारित गरेको छ ।

सबै धारा र विधेयक पारित भइसकेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

यसपछि बस्ने संविधानसभा बैठकमा मत विभाजन हुनेछ ।

मस्यौदा समितिले संविधानसभामा दर्ता गराएको संविधानको परिमार्जित विधेयकमा ३०२ वटा धारा रहेकोमा संशोधनसहित संविधानका धाराहरु पारित हुँदा ६ वटा धाराहरु थप भई जम्मा  ३०८ वटा धाराहरु बनेका छन् ।

थपिएका धाराहरुमा धारा २६० पछि पाँचवटा धारा आदिवासी जनजाति आयोग, मधेशी आयोग, मुस्लिम आयोग, थारु आयोग र यी आयोगहरु १० वर्षपछि पुनरावलोकन गर्ने सम्बन्धी ५ वटा धाराहरु थपिएका हुन् ।

त्यसपछि धारा २८२ पछि एउटा अर्को धारा ‘नेपालको राजधानी काठमाडौंमा रहने छ,’ भन्ने धारा समेत थप गरी पारित भएको छ ।

पारित भएको नेपालको संविधानको विधेयक– २०७२ लाई संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमाणिकरण गरेपछि ३ असोजमा विशेष समारोहका बीच राष्ट्रपति रामवरण यादवले जारी गर्ने छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>