समाचारबुधबार, भाद्र ३०, २०७२
३ र ४ असोजमा सार्वजनिक बिदा दिने तयारी
सरकारले संविधानसभाबाट नयाँ संविधान जारी हुने ऐतिहासिक अवसरलाई उत्सवका रूपमा मनाउन दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।
संविधानसभाबाट पारित ‘नेपालको संविधान-२०७२’ ३ असोजमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामवरण यादवले जारी गर्ने कार्यक्रम छ ।
यसै अवसरमा सरकारले विदा दिने तयारी गरेको हो ।
संविधानसभा सचिवालयले गृह मन्त्रालयलाई संविधान जारी हुने दिन र भोलिपल्ट गरी दुई दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ ।
सचिवालयको प्रस्ताव अनुसार गृह मन्त्रालयले ३ र ४ असोजमा सार्वजनिक विदाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि विदा दिने निर्णय गरिने बुझिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
