Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपालको संविधान–२०७२ पारित - Himalkhabar.com

थप समाचारबुधबार, भाद्र ३०, २०७२

नेपालको संविधान–२०७२ पारित

हिमालखबर

संविधान पारित गर्दै सभासदहरु । तस्वीरः विक्रम राई

संविधान पारित गर्दै सभासदहरु । तस्वीरः विक्रम राई

संविधानसभाको बैठकले नेपालको संविधान–२०७२ लाई दुई तिहाई भन्दा बढी मतले पारित गरेको छ ।

नेपालको  संविधानको परिमार्जित विधेयक–२०७२ का पक्षमा ५०७ मत र विपक्षमा २५ मत परेको छ । संविधानसभामा तत्काल कायम रहेको संख्या ५९८ काे दुई तिहाई अर्थात ३९९ मतले मात्रै पनि संविधान पारित हुनसक्थ्यो । अहिले संविधानका पक्षमा खसेको मत ८४.७८ प्रतिशत हो ।

राप्रपा नेपालले संविधानको विपक्षमा मतदान गरेको छ भने केही मधेश केन्द्रित दलहरु संविधान निर्माण प्रक्रियाबाटै अलग भएकाले बैठकमा सहभागी भएनन् ।

यसरी पारित भएको संविधानका धाराहरुलाई संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई पदेन अध्यक्ष रहने आनुसंगिक समितिले क्रम र भाषिक शुद्धता मिलाउने काम गर्नेछ।

समितिले अन्तिम रुप दिएपछि नेपालको संविधान– २०७२ पाँच प्रति नेपाली कागजमा छापिनेछ ।

उक्त प्रकाशित पाँच प्रति संविधानमा १ असोज शुक्रबारमा विहान ९ देखि दिउँसो ३ बजेसम्म सभासदहरुले संविधानसभाको ल्होत्से हलमा पुगी हस्ताक्षर गर्नेछन् । त्यसपछि संविधानलाई सभा अध्यक्षले प्रमाणिकरण गर्नेछन् ।

अब संविधानसभाको बैठक ३ असोज साँझ ५ बजे बस्ने छ । उक्त बैठक विशेष समारोहमा परिणत हुनेछ भने त्यसै समारोहमा राष्ट्रपति रामवरण यादवले नेपालको संविधान–२०७२ लागू भएको घोषणा गर्नेछन् ।

संविधानको परिमार्जित विधेयकमा अन्तिम मतदान हुँदै

संविधानसभाको जारी बैठकमा मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले नेपालको संविधानको परिमार्जित विधेयक–२०७२ पारित होस भन्ने प्रस्ताव गरेका छन् ।

प्रस्तावपछि अहिले संविधानको विधेयकको पक्ष र विपक्षमा मत विभाजन भई मतदानको प्रक्रिया शुरु भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>