समाचारबुधबार, भाद्र ३०, २०७२

दीपावली मनाउन प्रधानमन्त्रीको आग्रह

हिमालखबर

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मुलुकले ठूलो सफलता प्राप्त गरेकाले जिल्लाजिल्लामा दीपावली मनाउन आग्रह गरेका छन् ।

संविधानसभाबाट नयाँ संविधान पारित भएपछि बाहिरिने क्रममा प्रधानमन्त्री कोइरालाले ७० वर्ष लामो नेपाली जनताको सपना पूरा भएको बताए । उनले भने, “यो सवै जनताको सफलता हो ।”

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताका प्रतिनीधिले बनाएको संविधान जारी हुनु देशका लागि खुशीको खबर भएको बताए । उनले अहिले देश नै खूशी भएको बताए । एमालेका अर्का नेता झलनाथ खनालले आफ्नो जीवनकै खूशीको दिन भएको बताए । उनले भने, “यो ऐतिहासिक गौरवको दिन हो । अव मुलुक आर्थिकतिर लाग्नेछ ।”

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाले क्रान्तिकारी परिवर्तनको सपना पूरा गरेको बताए । दाहालले संविधानसभाको अत्याधिक बहुमतबाट संविधान जारी गरेर हजारौं शहीदहरुको सम्मान भएको बताए ।

उनले आन्दोलनरत दलहरुलाई वार्ता र सम्वादमा बस्न आग्रह गरे । दाहालले भने, “धर्मशास्त्र जस्तो नभई गतिशील संविधान बनेको छ । संविधान संशोधन गरेर असन्तुष्टको माग पूरा हुन्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>