थप समाचारबिहीबार, भाद्र ३१, २०७२

चिलीमा ८.३ म्याग्निच्यूडको भूकम्प

हिमालखबर

chileदक्षिण अमेरिकी देश चिलीमा ८.३ म्याग्निच्यूडको भूकम्प गएको छ ।

भूकम्पबाट अहिलेसम्म पाँच जनाको ज्यान गएको र राजधानी सेनटियागोका घरहरुमा क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सेनटियागोदेखि करिब २४६ किमी उत्तरपश्चिम, इल्लपेल शहरभन्दा ५५ किमी टाढाको तटीय क्षेत्रमा केन्द्र भएको ८.३ म्याग्निच्यूडको भूकम्प स्थानीय समय अनुसार साँझ ७ः५४ मिनेट जाँदा गएको हो ।

चिली सरकारले त्यहाँ सुनामी आउनसक्ने चेतावनी दिंदै समुद्री किनारका क्षेत्र खाली गर्न निर्देशन दिएपछि करिब १० लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

पेरु र हवाईमा पनि सुनामीको चेतावनी दिइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>