समाचारबिहीबार, भाद्र ३१, २०७२

वार्ताको ढोका खुला राख्दै आन्दोलन: मोर्चा

हिमालखबर

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वार्ताको ढोका खुल्ला राख्दै आन्दोलन पनि जारी राख्ने निर्णय गरेको छ ।

वार्ताको ढोका खुलै राख्ने निर्णय गरेको मोर्चाले आन्दोलनका थप कार्यक्रमहरुको घोषणा पनि गरेको छ ।

नयाँ संविधान जारी हुने दिन ३ असोजमा मुखमा कालो पट्टी बाँधेर मौन जुलुश प्रदर्शन गर्ने, राति ७ बजे देखि ८ बजेसम्म ‘ब्ल्याक आउट’ गर्ने, ४ असोजमा जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गर्ने लगायतका निर्णय भएको मोर्चाले जनाएको छ ।

मोर्चामा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, महन्थ ठाकुर नेतृत्वको तराईमधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी र महेन्द्र राय नेतृत्वको तराई मधेश सदभावना पार्टी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>