समाचारबिहीबार, भाद्र ३१, २०७२

सेनाको प्रवक्तामा कार्की, पोखरेल स्टाफ कलेजमा

हिमालखबर

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी ताराबहादुर कार्कीले सम्हाल्ने भएका छन् ।

सहायक रथी कार्की सेनाको पोखरास्थित पश्चिम पृतनाको चिफ अफ स्टाफको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

सैनिक मुख्यालयले उनलाई प्रवक्ताको जिम्मेवारी दिने सिफारिस प्रस्ताव मन्त्रिपरिषद्‌मा पठाइसकेको छ ।

त्यसैगरी, दुई वर्षदेखि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका सहायक रथी जगदीशचन्द्र पोखरेलले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजलाई नेतृत्व प्रदान गर्ने भएका छन् ।

सहायक रथी कार्की र प्रवक्ता पोखरेल सहपाठी समेत हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>