थप समाचारबिहीबार, भाद्र ३१, २०७२

बाराः गणेश चतुर्थीको धुमधाम

हिमालखबर

गणेश चतुर्थीका अवसरमा जीतपुरमा गरिएको शोभायात्रा । तस्वीर: श्याम गुप्ता

गणेश चतुर्थीका अवसरमा जीतपुरमा गरिएको शोभायात्रा । तस्वीर: श्याम गुप्ता

आन्दोलन र कर्फ्यूले अस्तव्यस्त बनेको बारा अहिले गणेश चतुर्थीको रमझममा व्यस्त भएको छ ।

बाराकोे जीतपुरमा ३१ भदौमा गणेश चतुर्थी महोत्सवको आयोजना गरिएको छ ।

सिद्धिविनायक पूजा समिति जीतपुरको आयोजनामा जिल्लाको गढीमाई–७ गौशालाको मैदानमा आजदेखि भव्य शोभायात्रा गरी गणेश पुजा शुरु भएको छ । मेला पाँच दिन सम्म जारी रहने समितिले जनाएको छ ।

उद्योग बाणिज्य संघ शाखा कार्यालय जीतपुरका अध्यक्ष घनश्याम गिरीले पूजामा मुलुकमा शान्तिको कामना गरिने बताए ।

तस्वीर: श्याम गुप्ता

तस्वीर: श्याम गुप्ता

उता बारा सदरमुकाम कलैयामा भने यसवर्ष गणेश चतुर्थीको धुमधाम पोहोरजस्तो छैन । लगतारको बन्द, रातिको समयमा लगाइने कफ्र्यूका बीच कलैयाबासी पर्वमा उत्साहपूर्वक सहभागी हुन सकेका छैनन् ।

यद्यपी बजारमा अरु दिनभन्दा भीड बढेको छ, पसलमा किनमेल गर्नेहरु बढेका छन् । कलैयामा यसवर्ष गणेशको मूर्ति बनाउने, पण्डाल बनाउने जस्ता पूजाको पूर्वतयारीका कामहरु हुन पाएनन् ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>