समाचारबिहीबार, भाद्र ३१, २०७२
संविधानमा ४९ वटा सुधारको सिफारिस
आनुषांगिक सुधार सिफारिस समितिले नयाँ संविधानमा ४९ वटा आनुषांगिक सुधारको सिफारिस गरेको छ ।
संविधानसभाबाट नेपालको संविधान–२०७२ पारित भएपछि त्यसमा भएका भाषा र व्याकरणका त्रुटी साथै धाराहरुको क्रमसंख्या मिलाउनका लागि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईको संयोजकत्वमा आनुषांगिक सुधार सिफारिस समिति गठन गरेका थिए ।
समितिले सभाध्यक्ष नेम्बाङ् समक्ष ४९ वटा अनुषांगिक सुधारको सिफारिस गरेको भट्टराईले बताएका छन् ।
यो जिम्मेवारी पुरा गरेसँगै संवाद समितिको सभापतिको रुपमा आफ्नो अन्तिम जिम्मेवारी पनि पूरा भएको भट्टराईले उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै भट्टराईले संविधान निर्माणको कार्यमा संवाद समितिमा रहेर अमूल्य सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद समेत दिएका छन् ।
यो सुधारपछि नेपालको संविधान–२०७२ को नेपाली कागजमा छापिएको पाँच प्रतिमा सबै सभासदहरुले भोली, १ असोजमा हस्ताक्षर गरेपछि सभाध्यक्षले प्रमाणिकरण गर्नेछन् ।
सभाध्यक्षले प्रमाणिकरण गरेको संविधानलाई ३ असोज साँझ ५ बजे हुने विशेष समारोहमा राष्ट्रपति रामवरण यादवले जारी गर्ने कार्यक्रम छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
