समाचारबिहीबार, भाद्र ३१, २०७२

संविधानको विरोधमा आन्दोलनको घोषणा

हिमालखबर

संविधानसभा निर्वाचन वहिस्कार गरेको नेकपा–माओवादीसँगै मधेशी मोर्चा र अन्य समूहहरुले नयाँ संविधानको विरोधमा संयुक्त आन्दोलनको घोषणा गरेका छन् ।

उनीहरुले संविधानसभाबाट भर्खरै पारित संविधानले परिवर्तनका उपलब्धीहरुलाई समाप्त पारेको, पहिचानसहितको संघीयतालाई समाप्त पारेको, सूचनाको हकलाई नियन्त्रित पारेको, सरकारले शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेर साम्प्रदायिक र हिंसात्मक बनाएको आरोप लगाएका छन् ।

नयाँ संविधानको विरोधमा आन्दोलनको घोषणा गर्दै संयुक्त वक्तव्य जारी गर्नेहरुमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, संघीय समाजवादी फोरम, तमलोपा, सदभावना, तमसपा, थरुहट तराई पार्टी, संघीय लिम्बुवान पार्टी लगायतका दल र समूहहरु छन् ।

देशका विभिन्न भागमा जारी आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्दै घोषित आन्दोलनका कार्यक्रमहरुमा ३ असोजदेखि अनिश्चितकालीन आमहडताल, संविधान घोषणा हुने दिन ३ असोजलाई कालो दिनका रुपमा लिई विरोध प्रदर्शन, ४ असोजमा देशव्यापी जनपरिचालन गरी संविधान जलाउने लगायतका कार्यक्रमहरु छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>