समाचारबिहीबार, भाद्र ३१, २०७२

डेनमार्कका राजकुमार लमजुङमा

हिमालखबर

fred

फाइल तस्वीर: द रोयल करेस्पोन्डेन्टबाट साभार

डेनमार्कका राजकुमार फ्रेडरिक चार दिने भ्रमणका लागि आज, ३१ भदौमा लमजुङ आईपुगेका छन् ।

डेनिस रेडक्रसको निमन्त्रणामा लमजुङ आएका राजकुमार फ्रेडरिकले डेनिस रेडक्रसको सहयोगमा लमजुङमा चलेको परियोजना र भूकम्प पीडितको अवस्था अवलोकन गर्ने कार्यक्रम छ ।

डेनमार्कको सहयोगमा संकटासन्नता परियोजना संचालित भइरहेका पाचोक, फलेनी, ढोडेनी, बन्सार, नौथर र हिलेटक्सार गाविसमा भूकम्पपछि डेनिस रेडक्रसको सहयोगमा राहत तथा पुनस्र्थापनाका कार्यक्रम सञ्चालन भएका थिए ।

राजकुमार फ्रेडरिकको साथमा अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधि, पराराष्ट्र मन्त्रालय र डेनिस राजदुतावासका कर्मचारी सहभागी छन् ।

डेनमार्कको राजधानी कोपनहेगनबाट आजै काठमाडौं उत्रिएका राजकुमार काठमाडौंबाट भने स्थलमार्ग हुँदै लमजुङ सदरमुकाम बेसीशहर आईपुगेका हुन् । उनी आइतबार ३ असोजमा बेसीशहरबाट काठमाडौँ हुँदै डेनमार्क प्रस्थान गर्नेछन् ।

विशुद्ध निजी भनिएको लमजुङ भ्रमणका क्रममा उनी भोली, १ असोजमा पाचोक गाविस पुग्नेछन् । त्यहाँ भूकम्प पीडितको अवस्था र राहत वितरणको प्रभावकारिता अवलोकन गरेर सोही गाउँमा बास बस्ने नेपाल रेडक्रस सोसाईटी लमजुङका अध्यक्ष नारायणप्रसाद घिमिरेले बताए ।

त्यसपछि शनिबार, २ भदौमा पाचोकबाट पैदलयात्रा गरी बन्सार गाविस हुँदै सदरमुकाम बेसीशहर फर्कने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाट नहुने समेत बताईएको छ ।

डेनिस रेडक्रसको सहयोगमा लमजुङका ६ गाविसका एक हजार ८ सय घरधुरी भूकम्प पीडितहरुलाई जस्तापाता, घर निर्माण सामाग्री, भाडाकुडा, खाद्यन्न, लत्ताकपडा लगायतका सामाग्री वितरण गरिएको छ ।

पीडितलाई प्रति परिवार ४५ हजार रुपैयाँ बराबरको सहयोग गरी ४ करोड रुपैँया खर्च गरिएको रेडक्रस लमजुङका अध्यक्ष घिमिरेले जानकारी दिए ।
युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>