समाचारशुक्रबार, आश्विन १, २०७२

संविधानमा हस्ताक्षर हुँदै

हिमालखबर

संविधानसभाबाट पारित नेपालको संविधान, २०७२ मा सभासद्हरुको हस्ताक्षर कार्यक्रम जारी छ ।

आज १ असोज बिहान ९ बजेदेखि संविधानसभा भवन नयाँबानेश्वरमा शुरु भएको हस्ताक्षर कार्यक्रम दिउँसो ३ बजेसम्म चल्नेछ ।

संविधानसभा भवनको ल्होत्से हलमा सभाध्यक्ष सुवास नेम्वाङको उपस्थितिमा कार्यक्रम शुरु भएको हो ।

कुल १० वडा डेस्कमा सभासद्हरुको वर्णानुक्रमअनुसार संविधानका अनुसूचीअन्तर्गत राखिएका सभासद्हरुको नामावलीको सूचीमा हस्ताक्षर भइरहेको छ ।

नेपाली कागजमा मुद्रण गरिएको पाँचप्रति संविधानमा हस्ताक्षर हुनेछ । हस्ताक्षर क्रम सकिएपछि सभाध्यक्ष नेम्वाङले प्रमाणीकरण गर्ने कार्यक्रम छ ।

३० भदौमा पारित भएको संविधानमा ३१ भदौमा शुद्धाशुद्धि हेर्ने काम सकिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>