समाचारशुक्रबार, आश्विन १, २०७२

भारतका विदेश सचिव काठमाडौंमा, प्रधानमन्त्रीलाई ५ बजे भेट्ने

हिमालखबर

Dr_S_Jaishankar_Largeभारतीय विदेश मन्त्रालयका सचिव एस जयशंकर आज, १ असोज विहान काठमाडौं आइपुगेका छन् ।

संविधानसभाबाट नेपालको संविधान- २०७२ पारित भइसकेको अवस्थामा विकसित नयाँ परिस्थितिमा सरकार र राजनीतिक दलका नेताकालागि प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देश लिएर एस.जयशंकर काठमाडौं आएका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार जयशंकरले राष्ट्रपति रामवरण यादवलाई दिउँसो ३ बजे र प्रधानमन्त्री सुशील कोइरालालाई साँझ ५ बजे भेट्ने कार्यक्रम छ।

त्यसैगरी उनले एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पनि  बेग्ला बेग्लै भेट्ने कार्यक्रम छ । उनले मधेश केन्द्रित दलका नेताहरुसँग पनि भेट गर्नेछन् ।

नेपालको संविधान निर्माण प्रक्रियामा मधेशकेन्द्रित दलहरुलाई समेत समेट्नुपर्ने बताउँदै आएको भारतले संविधान जारी हुनुअघि आफ्नो विशेष दूत काठमाडौं पठाएको हो।

जयशंकर २ असोजमा भारत फर्किने बुझिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>