थप समाचारशुक्रबार, आश्विन १, २०७२
संविधान निर्माणको खुशियालीमा मोटरसाइकल र्याली

तस्वीर: गोपेन राई
संविधानसभाबाट संविधान पारित भएको खुशियालीमा नेपाल विद्यार्थी सङ्घले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ ।
र्यालीको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले कयौँ विद्यार्थीको रगत र बलिदानबाट संविधान निर्माण भएको बताए ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाल विद्यार्थी सङ्घको ठूलो भूमिका रहेको भन्दै उनले थपे, “विद्यार्थीहरु लोकतन्त्रका लागि लडेकाले यो उपलब्धि हासिल भएको हो ।”
बहुमतका साथ पारित भएको संविधानबाट अब देशले विकासको फड्को मार्ने उनको भनाई थियो ।
सभासद् एवम् नेवि सङ्घका अध्यक्ष रञ्जित कर्णले नेपाली जनताले चुनेर पठाएको संविधानसभाबाट ६५ वर्षदेखिको जनताको सपना पूरा भएको बताए ।
र्याली प्रदर्शनीमार्गबाट शुरु भएर कालिकास्थान, कमलपोखरी, कमलादी, भद्रकाली, त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघर मण्डलामा गएर कोणसभामा परिणत भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
