समाचारशुक्रबार, आश्विन १, २०७२

मन्त्रिपरिषद बैठकः आन्दोलनका क्रममा ज्यान गुमाउनेका परिवारलाई जनही १० लाख

हिमालखबर

singhdurbarसरकारले तराई मधेशका विभिन्न भागमा पछिल्लो समय भएका आन्दोलनका क्रममा ज्यान गुमाउनेका परिवारलाई जनही रु १० लाख प्रदान गर्ने निर्णय गरेको छ ।

७ भदौमा कैलालीको टीकापुरमा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारसहित तराई मधेशका विभिन्न ठाउँमा भएका प्रदर्शनका क्रममा मृत्यु भएकाहरुका आफन्तलाई जनही रु १० लाख दिने सरकारले निर्णय गरेको सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।

त्यसैगरी आन्दोलनकै क्रममा घाइते भएका सबैको स्वास्थ्योपचार पनि सरकारले निशुल्क गराउने भएको छ ।

मन्त्रिपरिषद बैठकले आन्दोलनका क्रममा गिरफ्तार भएकाहरुमाथि चाँडै छानविन गरी मुद्दा टुंगोमा पुर्‍याउने निर्णय पनि गरेको छ ।

१ असोजमा बसेको मन्त्रिपरिषद बैठकले संविधानसभाबाट संविधान पारित भएको खुशीयालीमा ३ र ४ असोजमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

त्यसैगरी नेपालका अस्पतालबाट विदेशी नागरिकलाई सरोगेसी सेवा उपलब्ध गराउने सरकारको अघिल्लो निर्णयलाई आजको मन्त्रिपरिषद बैठकले वदर गरेको पनि मन्त्री रिजालले जानकारी दिए ।

यस्तै विशेष आर्थिक क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा चण्डिका भट्ट र अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्षमा किशोर शाक्यलाई नियुक्त गर्ने बैठकले निर्णय गरेको छ ।

आजैदेखि लागू हुने गरी विश्वकर्मा पूजालाई राष्ट्रिय पर्वको मान्यता दिइने पनि बैठकले निर्णय गरेको छ । यद्यपी यस पर्वका अवसरमा सार्वजनिक विदा भने नदिइने मन्त्री रिजालले जानकारी दिए ।

कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>