समाचारशुक्रबार, आश्विन १, २०७२
असन्तुष्टको माग सम्बोधन हुन्छः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधान निर्माण प्रकृयामा असन्तुष्टि जनाउने पक्षको उचित माग संविधानमा समेटिने बताएका छन् ।
भारतीय विदेश सचिव एस जयशंकरसँगको भेटमा ओलीले संविधान बनेपछि पनि असन्तुष्ट पक्षको माग संविधानमा समेटिने बताए । ओलीले भने, “असन्तुष्ट केही दल संविधान जारी गर्नुअघि र केही दलले संविधान जारी गरेपछि संविधान स्वीकार्न सक्ने अवस्था बन्छ ।”
ओलीले ९० प्रतिशत बढी सभासदहरुको उपस्थिति र ८५ प्रतिशतको समर्थनमा संविधान जारी भएको बताए । उनले अव मुलुक लामो संक्रमणकालबाट स्थीरतातर्फ अघि बढ्ने बताए ।
ओली निवास बालकोट पुगेका भारतीय विदेश सचिव जयशंकरले नेपालमा संविधान बन्न लागेकोमा भारत खूशी रहेको बताए । उनले भने, “नयाँ संविधानपछि दुई देशबीचको सम्बन्ध थप बलियो बन्ने आशा गरेका छौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
