Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अध्यक्ष नेम्बाङद्वारा संविधान प्रमाणिकरण, संविधानमा करिब ९० प्रतिशत सभासद्‌को हस्ताक्षर - Himalkhabar.com

रिपोर्टशुक्रबार, आश्विन १, २०७२

अध्यक्ष नेम्बाङद्वारा संविधान प्रमाणिकरण, संविधानमा करिब ९० प्रतिशत सभासद्‌को हस्ताक्षर

हिमालखबर

संविधानसभा अध्यक्षले संविधान प्रमाणिकरण गरिसकेपछि खुशी व्यक्त गर्दै नेताहरु । तस्वीर: बिक्रम राई

संविधानसभा अध्यक्षले संविधान प्रमाणिकरण गरिसकेपछि खुशी व्यक्त गर्दै नेताहरु । तस्वीर: बिक्रम राई

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले संविधानसभाबाट पारित नेपालको संविधान २०७२ मा हस्ताक्षर सहित प्रमाणीकरण गरेका छन् ।

संविधानमा सभासदहरुले हस्ताक्षर गरिसकेपछि अध्यक्ष नेम्बाङ्ले संविधानसभाको ल्होत्से हलमा आयोजित समारोहबीच संविधान प्रमाणिकरण गरेका हुन् । यसअघि ५३७ सभासदले संविधानको पाँच प्रतिमा हस्ताक्षर गरेका थिए ।

३० भदौमा  संविधानको विधेयकमा मतदान हुँदा कुल ५३२ सभासद् सहभागी भएकोमा ५०७ ले पक्षमा र २५ सभासद्ले विपक्षमा मतदान गरेका थिए । मतदानमा अनुपस्थित केही र विपक्षी राप्रपा नेपालका सभासद्सहितको हस्ताक्षरका कारण सङ्ख्या बढेको हो ।

मतदानमा अनुपस्थित विश्वेन्द्र पासवान, लक्ष्मण राजवंशी, राज्यलक्ष्मी गोल्छा, मेघराज नेपाली (निषाद) ले पनि अहिले संविधानमा हस्ताक्षर गरेका छन् ।  हस्ताक्षर गर्ने सभासदहरुको संख्या संविधानसभा सदस्यको कुल संख्याको ८९.७९ प्रतिशत हो ।

प्रमाणीकरण समारोहमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका नेता र सभासदहरुको उपस्थिति थियो ।

प्रमाणिकरणपछि नेता तथा सभासदहरुले एकआपसमा वधाई साटासाट गरेका छन् ।

प्रमाणीकरण गरिएको नेपालको संविधानको पाँच प्रतिमध्ये राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, कानून मन्त्रालय र संविधानसभा सचिवालयको अभिलेखमा एक एक प्रति राखिनेछ ।

अब ३ असोजमा संविधानसभा भवनमा आयोजित हुने विशेष समारोहमा राष्ट्रपतिले संविधान जारीको घोषणा गरेपछि संविधान निर्माणको सम्पूर्ण प्रक्रिया पुरा हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>