समाचारशुक्रबार, आश्विन १, २०७२

दङ्गा ग्रस्त क्षेत्रमा प्रदर्शन गर्ने ८ जना पत्रकार पक्राउ

हिमालखबर

रौतहटमा दङ्गाग्रस्त क्षेत्रमा सामूहिक प्रदर्शनमा उत्रिएका ८ जना पत्रकारहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मधेश आन्दोलन प्रति सर्मथन र ऐक्यबद्धता जनाउँदै रौतहट सदरमुकामको दङ्गाग्रस्त घोषित क्षेत्रभित्र जुलुस निकालेपछि उनीहरुलाई सदरमुकाम गौरबाट प्रहरीले पक्रेको हो ।

पक्राउ पर्नेहरुमा हिमायलन टाइम्सका प्रभात झा, पत्रकार महासंघ रौतहटका पूर्व अध्यक्ष प्रेमचन्द्र झा, रौतहट एफएमका धर्मेन्द्र साह, सँस्कृति एफएमका किशोरी यादव, राजदेवी एफएमका राकेश यादव लगायतका छन् ।

धरखण्ड चोकबाट जुलुस प्रदर्शन गर्दै गौरस्थित जिल्ला प्रशासन कार्यालय अगाडि पुगेपछि प्रहरीले जुलुसमा हस्तक्षेप गरेर पत्रकारहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका पत्रकारहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको छ ।

सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>