थप समाचारशुक्रबार, आश्विन १, २०७२

२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो

हिमालखबर

सरकारले थप २६ नगरपालिका घोषणा गर्दै धनगढी नगरपालिकालाई उप–महानगरपालिकामा विस्तार गरेको छ ।

सिंहदरबारमा १ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले २६ नयाँ नगरपालिका थप गर्दै फूलबारी र उर्मा गाविसलाई धनगढी नगरपालिकामा गाभेर उप–महानगरपालिका बनाएको हो ।

त्यस्तै गौरादह (झापा), लालीगुराँस (तेह्रथुम), हनुमाननगर योगिनीमाई (सप्तरी), सुखिपुर (सिरहा), धनगढीमाई (सिरहा), बज्रबाराही (ललितपुर), कालिका (चितवन), राप्ती (चितवन), बरहथवा (सर्लाही), भानु (तनहुँ), आँबुखैरनी (तनहुँ), मध्यबिन्दु (नवलपरासी), भृकुटी (कपिलवस्तु), भिर्काेट (स्याङ्जा) नयाँ नगरपालिका घोषणा गरेको छ ।

यसैगरि राईनास (लमजुङ), करापुटार (लमजुङ), मध्यनेपाल (लमजुङ), भेरीमालिका (जाजरकोट), चौरजहारी (रुकुम), बागचौर (सल्यान), शुभाघाट गङ्गामाला (सुर्खेत), कमलबजार (अछाम), बेलडाँडी (कञ्चनपुर), कृष्णपुर (कञ्चनपुर), बबई (बर्दिया) नगरपालिका घोषणा भएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>