समाचारशुक्रबार, आश्विन १, २०७२
संविधानको पाँचौ प्रति कहाँ जान्छ ?
नेपाली कागजमा छापिएको पाँच प्रति ‘नेपालको संविधान–२०७२’ मा ५३७ सभासदहरुले हस्ताक्षर गरेका छन् तर, यी पाँच प्रति कहाँ कहाँ पुग्छन् भन्ने जिज्ञासा सबैमा छ ।
संविधानसभा नियमावली २०७० को दफा ११० (४) मा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, कानूनमन्त्रालय र संविधानसभा सचिवालयमा एक एक प्रति गरी जम्मा चार प्रति अभिलेख राखिने उल्लेख छ । उसो भए पाँचौ प्रति के का लागि भन्ने धेरैमा उत्सुकता देखियो ।
पाँचौ प्रति संविधानसभा सचिवालयले आफ्नो पुस्तकालयमा राख्नका लागि तयार पारेको रहेछ ।
“पाँचमध्ये एक प्रति संविधानसभा सचिवालयको पुस्तकालयमा राख्नका लागि हो,” संविधानसभा सचिवालयका सचिव मुकुन्द शर्माले हिमालखबरलाई भने ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>