समाचारशुक्रबार, आश्विन १, २०७२
उर्जामन्त्री ज्ञवालीलाई कार्वाही गर्न अख्तियारको सिफारिस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उर्जामन्त्री राधा ज्ञवालीले सोलु करिडोर विद्युत प्रशारण लाइन ठेक्का दिंदा अनियमितता गरेको ठहर गर्दै कारवाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको छ ।
“उर्जामन्त्री ज्ञवाली, विद्युत प्राधिकरण सञ्चालक समितिका केही पदाधिकारी र कार्यकारी निर्देशकले ठेक्का व्यवस्थामा करिब २६ करोड म्यानुपुलेशन गरेको अख्तियारको ठहर छ,” अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले हिमालखबरलाई भने ।
उनले मन्त्री ज्ञवालीलाई कार्वाहीका लागि प्रधानमन्त्री समक्ष र अन्यका हकमा उर्जामन्त्रलयमा कार्वाहीका लागि सिफारिस गरिएको जानकारी दिए ।
त्यसैगरी सोलु कोरिडोरको विद्युत प्रसारणलाइन सम्बन्धी कारोबार देश र जनताका हितमा हुने गरी चाँडै सुचारु गर्न अख्तियारले निर्देशन दिएको पनि उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
