समाचारशनिबार, आश्विन २, २०७२

नेपालमा हिंसा-हडताल नहोस्: भारतीय दूत

हिमालखबर

k|wfgdGqL;Fu e]6kl5 aflxl/g' x'Fb} ef/tLo k|wfgdGqL g/]Gb| df]bLsf ljz]if b"t P; hozªs/ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा नेपाल आएका भारतीय विदेश सचिव एस जयशंकरले नयाँ संविधान जारी हुनुलाई उत्सवका रुपमा मनाउन आग्रह गरेका छन् ।

नेपालको दुई दिने भ्रमण सकेर २ असोज विहान स्वदेश फर्कंदै गर्दा जयशंकरले नेपालमा संविधान जारी हुँदा र जारी भइसकेपछि पनि बन्द, हडताल र हिंसा नहोस भन्ने भारतको कामना रहेको बताए ।

विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिएका उनले नेताहरुलाई लचिलो र परिपक्वरुपमा प्रस्तुत भई संविधानलाई दिगो बनाउन सुझाव समेत दिए ।

संविधान घोषणाको जारी प्रक्रियामा मधेश केन्द्रित दलहरुलाई सहभागी गराउन नेताहरुलाई दबाब दिएका जयशंकरले नेपालमा नयाँ संविधान जारी हुँदा आफूलाई खुशी लागेको समेत बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>