समाचारशनिबार, आश्विन २, २०७२
तीन दलले असन्तुष्ट दलहरुलाई फेरि वार्तामा बोलाउने
प्रमुख तीन राजनीतिक दलले भोलि ३ असोजमा आयोजना हुने संविधान घोषणाको समारोहमा सहभागी हुन असन्तुष्ट दललगायत सबैलाई संयुक्त वक्तव्यमार्फत आह्वान गर्ने भएका छन् ।
बालुवाटारमा बसेके नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका शीर्ष नेताको बैठकले संविधान जारी गर्ने महत्वपूर्ण समारोहमा सबैलाई सहभागी हुन संयुक्त रुपमा वक्तव्य जारी गरी आग्रह गरिने र असन्तुष्ट पक्षलाई पनि सन्तुष्ट पार्ने गरी आजै संयुक्त पत्रकार सम्मेलन आयोजना गरिने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बताए ।
तीन दलले आज ४ बजे बालुवाटारमा संयुक्त पत्रकार सम्मेलन गर्ने भएका हुन् ।
बैठकमा समसामयिक परिस्थितिको सम्बन्धमा समीक्षा गरिएको बताउँदै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ मधेश आन्दोलनको पनि उपलब्धि भएको र संविधानले आम नेपाली जनतालाई सम्बोधन गरेको उल्लेख गरे ।
उपप्रधानमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समीक्षा गरिएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
