समाचारशनिबार, आश्विन २, २०७२

संविधानमा सभासदले हस्ताक्षर गर्ने म्याद थपियो

हिमालखबर

संविधानसभाबाट पारित संविधानमा सभासदले हस्ताक्षर गर्ने समय ३ असोज अपराह्न ४ बजेसम्म थप भएको छ ।

नेपाली कागजमा छापिएका संविधानका पाँच प्रतिमा हस्ताक्षर गर्न छुटेका सभासदहरुले आइतबार, ३ असोज अपराह्न ४ बजेसम्म हस्ताक्षर गर्नसक्ने व्यवस्था मिलाइएको अध्यक्ष नेम्वाङले सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् ।

सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभाध्यक्ष नेम्वाङले संविधानमा हस्ताक्षर गर्ने चाहना हुँदाहुँदै पनि केही सभासदहरु छुटेको भन्दै आफूमा निहित विशेष अधिकारको प्रयोग गरी हस्ताक्षर गर्ने समय बढाइएको जानकारी दिए ।

यसअघि संविधानमा हस्ताक्षर गर्न सभासदहरुलाई १ असोज दिउँसो तीन बजेसम्मको समय तोकिएको थियो । उक्त अवधीमा ३५७ सभासदले संविधानमा हस्ताक्षर गरेपछि सभाध्यक्षले नेपालको संविधान–२०७२ लाई प्रमाणिकरण समेत गरिसकेका छन् ।

यसैबीच तीन प्रमुख दलले संविधान निर्माण प्रक्रियाबाट अलग भएका मधेश केन्द्रित दलहरुलाई वार्ताका लागि आह्वान गर्दै ३ असोज साँझ ५ बजे संविधान जारी गर्ने समारोहमा सहभागी हुन आह्वान समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>