थप समाचारशनिबार, आश्विन २, २०७२

नयाँ संविधानको खुशीयाली मनाउने तयारी

हिमालखबर

३ असोजमा जारी हुन लागेको नयाँ संविधानको स्वागत गर्न पाँचथर जिल्लामा तयारी शुरु गरिएको छ ।

जिल्लामा सक्रिय नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी, राप्रपा, राप्रपा नेपाल र नेकपा मालेको संयुक्त अगुवाईमा संविधानको स्वागतार्थ ३ र ४ असोजमा विविध कार्यक्रमको तयारी गरिएको हो ।

कार्यक्रमवारे जानकारी दिन ६ दलद्वारा आयोजित पत्रकार सम्मेलनमा ३ असोज साँझ फिदिम बजारको गणतन्त्र चोकमा नेपालको नक्सा बनाई दीप प्रज्वलन गर्ने, घरघरमा दिपावली गर्ने र ४ असोज दिँउसो सास्कृतिक झाँकी सहितको र्‍यालीले नगर परिक्रमा गर्दै जिल्ला विकास समिति पाँचथरको शहीद मञ्चमा पुगेर आमसभा गर्ने लगायतका निर्णय सार्वजनिक गरिएको छ ।

पाँचथर कांग्रेसका सभापति नरेन्द्रकुमार केरुङले नयाँ संविधानको स्वागतार्थ घर घरमा दिपावली गर्न सर्वसाधारणमा आह्वान गरिएको पनि जानकारी दिए ।
लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>